एनआरएन निर्वाचनमा ९२ प्रतिशत मत खस्यो, आजै गणना हुने

काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएन) को नबौं विश्व सम्मेलनको क्रममा आज भएको मतदानमा २३ सय ४४ मत खसेको छ। निर्वाचन आयोगद्धारा दिएइको जानकारी अनुसार ९२ प्रतिशत मतदान भएको हो।

केहिबेरपछि मतगणना सुरु हुने बताइएको छ। मतदान विहान १० बजेदेखि सुरु भएर साढे पाँच बजे सकिएको थियो। आज राती नै मत परिणाम आउने गरी गणनाको तायारी गरिएको छ।

Advertisement

मतदान ४२ पदका लागि भएकोमा केहि निर्विरोध भएका छन्। आज हुने भनिएको समापन समारोह शुक्रबार बिहन गरिने भएको छ।

More News last news
Loading...