भुटानलाई हराउँदै माल्दिभ्स साफ यू-१८ मा तेस्रो

काठमाडौँ । भुटानलाई १-० ले हराउँदै माल्दिभ्सले साफ यू-१८ फुटबल च्याम्पियनसिपमा तेस्रो स्थान हासिल गरेको छ ।

सातदोबाटोमा रहेको एन्फा मैदानमा भएको तेस्रो स्थानको खेलमा माल्दिभ्सले भुटानलाई १-० ले हरायो । निकै प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो ।

Advertisement

तर दोस्रो हाफमा भुटानविरुद्ध माल्दिभ्सले एक गोल गर्‍याे । उसका लागि इब्राहिम इमरानले भुटानको डिफेन्सको कमजोरीको फाइदा उठाउँदै गोल गरे । त्यसपछि भुटान खेलमा फर्कन सकेन र पराजित भयो ।

यो प्रतियोगितामा नेपाल समूह चरणबाट नै बाहिरिएको थियो । उपाधिका लागि भारत र बंगलादेशबीच प्रतिस्पर्धा हुँदैछ ।

More News last news
Loading...