अमृत साइन्स क्याम्पसमा स्याङ्जालीको शुभकामना आदानप्रदान कार्यक्रम

काठमाडौं । स्याङ्जा जिल्लाबाट अमृत साइन्स क्याम्पस लैनचौरमा अध्ययन गर्दै आएका स्याङ्जाली बिधार्थीहरुबीच वडा तथा शुभ दिपावलीको अवसरमा नेबिसंघ स्याङ्जा अस्कल सम्पर्क समितिले शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

नेपाली काँग्रेस महाधिवेशन प्रतिनिधि भुमा पाण्डेको आतिथ्यतमा सम्पन्न भएको कार्यक्रममा क्याम्पसका सहायक प्रमुखहरु केदार छत्कुली, बाल बिक्रम खत्री, कर्मचारी युनियनका अध्यक्ष कुमार श्रेष्ठ लगायतका व्यक्तिहरुको सहभागिता रहेको थियो ।

Advertisement

कार्यक्रममा शुभकामना व्यक्त गर्दै अतिथी भुमा पाण्डेले नेपाली काँग्रेसका सबै भातृ संस्थालाई राष्ट्रप्रतिको जिम्मेवारी अझै वढेको हुँदा सबैलाई जिम्मेवार बन्न आग्रह गर्नुभयो । कार्यक्रममा अन्य बक्ताहरुले अहिलेको सरकारले खाली हावादारी गफ गरेको भन्दै सरकारको आलोचना गरे ।

नबिन सिंह खड्काले सञ्चालन गरेको कार्यक्रममा नेबिसंघ अस्कलका नेता नवराज पौडेलले स्वागत मन्तब्य गरेका थिए भने नेबिसंघ स्याङ्जा अस्कल सम्पर्क समितिका अध्यक्ष पद्मा भूसालले कार्यक्रमको सभापतित्व गरेका थिए ।

More News last news
Loading...