सप्तरी । नेपाली कांग्रेसको दोस्रो चरणको राष्ट्रिय जागरण अभियानको अन्तिम दिन सप्तरीमा नेताहरुको मर्यादा क्रमलाई लिएर हंगामा भएको छ।
जिल्ला सभापति दिनेश यादव र सांसद तेजुलाल चौधरीबीच मर्यादा क्रम विवाद उग्र भएपछि आफ्नै पार्टीका नेता मञ्चबाटै निकालिएका छन्।
राजविराजमा भएको आमसभामा अजय चौरसिया प्रमुख अतिथिका रुपमा निम्त्याइएका थिए । सप्तरीका सांसद चौधरीलाई विशेष अतिथिका रुपमा बोलाइएको थियो। तर कार्यक्रम सञ्चालकले चौधरीभन्दा अगाडि पूर्वराज्यमन्त्री समेत रहेका रामकुमार चौधरीलाई विशेष अतिथिको आसन ग्रहण गराए।
अरुलाई आसन ग्रहण गराएर मात्र आफ्नो नाम लिएको भन्दै सांसद चौधरीले असन्तुष्टि जनाए। आफूलाई बोलाएर अपमान मात्र गरेको उनको गुनासो थियो । त्यस लगतै यादव पक्षधरका नेताहरुको समूह मञ्चमा उक्लिएर चौधरीसँग विवाद मात्र गरेनन्, धकेलाधकेल गरेर मञ्चबाट निकालेका छन् ।

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
