काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का कोषाध्यक्ष हिक्मत थापाले आगामी कार्यकालका लागि उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् ।
एनआरएनए नाइजेरियाको संस्थापक अध्यक्ष, दुई कार्यकाल अफ्रिका क्षेत्रीय संयोजक र दुई कार्यकाल कोषाध्यक्ष भईसकेका थापाले आगामी कार्यकालका लागि उपाध्यक्षमा उम्मेद्वारी घोषणा गरेका हुन् ।
अफ्रिका महादेशमा एनआरएनए विस्तारमा नेतृत्व गरेका थापाले यसअघि संघका सबै महत्वपूर्ण अभियानहरुमा सक्रिय रुपमा योगदान गरेका छन्।
समाज सेवा र साहित्यमा विशेष रुची राख्ने थापा अफ्रिकामा नेपालीहरुलाई अप्ठ्यारोमा पर्दा उद्धार र सहयोगको समन्वय गर्ने व्यक्तिको रुपमा परिचित छन्।
दैवी विपत्ति र एनआरएनका नेपाल प्रोजेक्टहरुमा त्यस क्षेत्रबाट सधैं नेपालका लागि महत्वपूर्ण सहयोग जुटाउने थापाले एनआरएनए अभियान सुदृढीकरण र विकासमा समेत आफनो छुट्टै नेतृत्वको पहिचान बनाएका छन्।
संघले संसारभरका गैरआवासीय नेपालीहरुको साझा संगठनको आफ्नो पहिचानलाई अझै उचो र सुदृढ बनाउनुपर्नेमा आफू प्रतिबद्ध रहेको थापाले बताएका छन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
