आज शुक्रबार, निकै राम्रो छ यी ९ राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

पञ्चाङ्ग
मिति २०७६ साल असोज ३ गते शुक्रबार, इस २०१९ सेप्टेम्बर २०, शकसंवत् १९४१, परिधावी संवत्सर। दक्षिणायन। शरद ऋतु। नेसं ११३९ ञलगा। आश्विन कृष्णपक्ष, षष्ठी, १५ः५७ उप्रान्त सप्तमी तिथि ।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
मित्रजन तथा आफन्तजन तथा संन्तान पक्षबाट सहयोग मिल्नेछ । कारोबारमा केही सुधार आउने छ । शुभ समाचार सुन्न पाईएला।

Advertisement

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
धार्मिक तथा सामाजिक कामबाट सफलता मिल्नेछ । अध्ययन अध्ययापन र धार्मिक क्षेत्रमा रुचि बढ्नेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
प्रेम प्रेमिकाबीचको सम्बन्ध राम्रो रहला । आफन्तजनबाट सहयोग मिल्नेछ । धन लाभ हुनेछ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
चिसोबाट निकै बँच्नुपर्ने योग छ । आमासँग खटपट होला । व्यापार व्यवसाय र राजनीतिक क्षेत्रमा सफलता मिल्ला ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
स्वास्थ्यमा केही समस्या देखा पर्नसक्छ । नयाँ ठाउँको अवलोकन गर्न पाउनाले खूशी मिल्ला । धन लाभ हुनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
काम गर्ने जोश जाँगर तथा गीत संगीतमा रुचि बढ्ने छ । प्रेमिकाबाट भने निकै राम्रो सल्लाह पाईएला । मनमा शान्ति मिल्ने छ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
विद्यार्थीका लागि आफ्नो क्षमता प्रर्दशन गर्ने अवसर मिल्ने छ । व्यवसायिक क्षेत्रमा निकै राम्रो सफलता प्राप्त होला ।

बृश्चिक –तो,ना,नी,नू,ने,नो,या,यी,यू)
प्रेम सम्बन्धमा खटपट होला । विद्या क्षेत्रमा भने शुभ छ । दिन निकै शुभ रहेको छ।

धनु –ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
संचित रकम खर्च गर्नुपर्ला । कृषि तथा पशुपालन क्षेत्रमा सम्झौला गर्नु पर्ला । मन खिन्न रहला।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
आफ्नो विचारबाट धेरैलाई प्रभावित पार्न सकिनेछ। विगतका सफलताले काम गर्ने हौसला मिल्ला।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
मान, सम्मान र सामाजिक प्रतिष्ठामा आच आउन सक्छ। झमेला वा वादविवादमा फस्न सक्ने योग छ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
परोपकार तथा धार्मिक क्षेत्रबाट सफलता मिल्नेछ। मेहनत गरेका कामबाट राम्रो प्रतिफल प्राप्त होला। पूर्व प्रेमिकाबाट सहयोग मिल्नेछ।

नोटः ज्योतिष बास्तुसँग सम्बिन्धित कुनै पनि समस्या छन् र ज्योतिष सम्बन्धि सल्लाह लिन चाहनुन्छ भने हामीलाई सम्झनुहोस्।

विन्ध्यवासिनी ज्योतिष सेवा सदन, पोखरा
गणितिय युवा ज्योतिष भवेश भट्टराई
सम्पर्कः ९८४६८५५२११, ९८२७१२२०२७

विन्ध्यवासिनी भगवती मन्दिरमा पूजाआजा हुने दैनिक कार्यतालिका

१) विन्ध्यवासिनी भगवतीको प्रातः कालिन नित्यपूजा ४ः३० देखि ५ः४५ बजेसम्म हुनेछ।
२) नित्यपूजा पश्चात मात्र दर्शनार्थीहरुका लागि मन्दिर ६ः०० बजे खुल्ला रहनेछ।
३) ११ः४५ देखि १२ः०० बजेसम्म मध्याह्न पूजा हुनेछ।
४)दिउँसो १२ः०० बजेदेखि १ः०० बजेसम्म मन्दिर बन्द रहनेछ।
५) ३ः०० बजेदेखि ४ बजेसम्म मन्दिर सरसफाइ हुनेछ।

More News last news
Loading...