धनगढीको वडा कार्यालयमा आगजनी

कैलाली । धनगढी उपमहानगरपालिका–८ को वडा कार्यालयमा गएराति अज्ञात समूहद्वारा आगजनी भएको छ।

राति करीब १० बजेको समयमा कार्यालयको झ्यालका शिशा फुटाएर पेट्रोल भरिएको मिनरल वाटरको बोतलभित्र फालेर आगजनी गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए।

Advertisement

आगलागी भएको खबर तुरुन्तै थाहा पाउनासाथ समयमै आगो नियन्त्रण गरिएकाले खासै क्षति हुन नपाएको प्रहरी नायब उपरीक्षक बस्नेतले बताए। नेत्र विक्रम चन्द समूहले आगजनी गरेको हुनसक्ने आशङ्का गरिएको बताइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको बताइएको छ।

More News last news
Loading...