काठमाडौँ । सोमबार ११ सय रुपैयाँले बढेको सुनको मूल्य साताको तेस्रो दिन अर्थात मंगलबार स्थिर छ।
आज छापावाल सुन प्रतितोला ७१ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो पनि छापावाल सुन यही मूल्यमा कारोबार भएको थियो।
त्यस्तै आज तेजावी सुन प्रतितोला ७१ हजार रुपैयाँमा कारोबार भइरहेको छ।
त्यस्तै आज चाँदीको मूल्य पनि स्थिर छ। आज चाँदी प्रतितोला ८६५ रुपैयाँमा कारोबार भइरहेको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
