गहना किन्दै हुनुहुन्छ ? हेर्नुहोस् कति छ आज सुनको मूल्य

साताको दोस्रो दिन अर्थात सोमबार सुनको मूल्य ह्वात्तै बढेको छ।

आज छापावाल सुन ११ सयले बढेर प्रतितोला ७१ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो छापावाल सुन प्रतितोला ७० हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।

Advertisement

त्यस्तै आज तेजावी सुन प्रतितोला ७१ हजार रुपैयाँमा कारोबार भइरहेको छ। हिजो तेजावी सुन प्रतितोला ६९ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला ८६५ रुपैयाँमा कारोबार भइरहेको छ। हिजो चाँदी प्रतितोला ८४० रुपैयाँमा कारोबार भएको थियो।

More News last news
Loading...