काठमाडौँ आउँदै गरेको बस धादिङमा दुर्घटना, १० जना घाइते

धादिङ । धादिङको सिद्धलेक गाउँपालिका वडा नम्बर ६, मुक्तिनाथ मन्दिर नजिक शनिबार साँझ भएको दुर्घटनामा १० जना घाइते भएका छन्।

धादिङबेसीबाट काठमाण्डौ आउँदै गरेको बा ५ ख ८२७९ नम्बरको भाडाको बस र मुग्लिनबाट धादिङबेसी आउदै गरेको बा ६ ख ९५६३ नम्बरको भाडाको बस एक आपसमा ठक्कर खाएर दुर्घटना भएको इलाका प्रहरी कार्यालय गजुरीका प्रमुख प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानाकारी दिए।

Advertisement

उनका अनुसार घाइतेहरुको जिल्ला अस्पतालमा उपचार भइरहेको छ।

More News last news
Loading...