आज बिहीबार, निकै राम्रो छ यी राशिको भाग्य, तपाईको कुन ?

आजको पञ्चाङ्ग

मिति २०७६ साल भदौ २६ गते बिहीबार, इस २०१९ सेप्टेम्बर १२, शकसंवत् १९४१, परिधावी संवत्सर, दक्षिणायन। वर्षा ऋतु, नेसं ११३९ ञलाथ्व, भाद्र शुक्लपक्ष, चतुर्दशी, ३०ः३८ उप्रान्त पूर्णिमा तिथि।

Advertisement

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

रमाइलो वातावरणमा काम गर्न पाइने छ। मन हर्षीत हुनेछ। जग्जा जमिनबाट सामान्य लाभ लिन सकिनेछ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

आज आर्जका लागि राम्रो दिन छ। केही राम्रो काम गर्नका लागि परिवारबाट राम्रो सल्लनह मिल्नेछ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

मानसिक तनाव हुने योग छ। प्रेमी प्रेमीका बीचको सम्बन्ध भने निकै गाढा हुने योग छ। धन लाभ होला।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

नीजि व्यवसाय र कृर्षी कर्म तथा परिश्रम र लगानी भन्दा बढी धन लाभ होला। मन हर्षीत रहला।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

बोलिको गतल अर्थ लाग्न सक्छ। प्रेम सम्बन्धले गर्दा मनमा निकै तनाब बढ्नेछ। खर्च बढ्नेछ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

आज समाजसेवा र परोपकारका काम गरिने छ। व्यापार व्यवसायमा पनि सामान्य प्रगति रहला। धन लाभ हुने छ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

धर्मको पालना गर्दा मंगलमय कर्म सम्पादन होलान। कथा तथा कविता वाचन गर्ने अवसर मिल्ला । मन खुसी रहला।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

बाहिरी काममा कष्ट हुने देखिन्छ। आफूले मन पराएको मान्छेलाई गुमाउन सक्ने योग छ। आजको दिन मध्यम छ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

शुभचिन्तकले साथ दिनाले पन्छ्याएर परिस्थिती अनुकुल बनाउन सकिनेछ। स्वास्थ्य समस्याले भने सताउन सक्नेछ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

काम सामान्य भएपनि राम्रो आम्दानी हुनेछ। फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्नेछ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

हिम्मतले काम लिने समय छ। व्यापार व्यवसाय गरेर राम्रो लाभ लिन सकिनेछ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

श्रमको उचित मूल्यांकन हुनेछ। खर्च लागे पनि लामो यात्रा गर्ने अवसर मिल्नेछ।

नोटः ज्योतिष बास्तुसँग सम्बिन्धित कुनै पनि समस्या छन् र ज्योतिष सम्बन्धि सल्लाह लिन चाहनुन्छ भने हामीलाई सम्झनुहोस्।

विन्ध्यवासिनी ज्योतिष सेवा सदन, पोखरा
गणितिय युवा ज्योतिष भवेश भट्टराई
सम्पर्कः ९८४६८५५२११, ९८२७१२२०२७

विन्ध्यवासिनी भगवती मन्दिरमा पूजाआजा हुने दैनिक कार्यतालिका

१) विन्ध्यवासिनी भगवतीको प्रातः कालिन नित्यपूजा ४ः३० देखि ५ः४५ बजेसम्म हुनेछ।
२) नित्यपूजा पश्चात मात्र दर्शनार्थीहरुका लागि मन्दिर ६ः०० बजे खुल्ला रहनेछ।
३) ११ः४५ देखि १२ः०० बजेसम्म मध्याह्न पूजा हुनेछ।
४) दिउँसो १२ः०० बजेदेखि १ः०० बजेसम्म मन्दिर बन्द रहनेछ।
५) ३ः०० बजेदेखि ४ बजेसम्म मन्दिर सरसफाइ हुनेछ।

More News last news
Loading...