आज मंगलबार, अति शुभ छ यी ८ राशिको भाग्य, हेर्नुहोस् राशिफल

आज मिति २०७६ साल भदौ २४ गते । तदनुसार सन् २०१९ सेप्टेम्बर १० तारिख । शकसंवत् १९४१, परिधावी संवत्सर, दक्षिणायन, वर्षा ऋतु । नेपाल संवत् ११३९ ञलाथ्व, भाद्र शुक्लपक्ष, द्वादशी, २७:०८ उप्रान्त त्रयोदशी तिथि मंगलबार ।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

Advertisement

कामको सन्दर्भमा शक्तिशाली व्यक्तिहरुसँगै प्रतिस्पर्धा हुनसक्छ । बुद्धीको उपयोगले धेरैलाई खूशीपार्ने योग छ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

नयाँ कामको सुरुवात हुनेछ । कमिकमजोरीलाई पनि सुधार गर्ने मौका छ । आयआर्जन भने निकै लाभदायक हुनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

प्रेम प्रेमीकाबीच सम्बन्ध गहन हुनेछ । गीत संगीत र मनोरञ्जनमा सफलता हाल लाग्नेछ । धन लाभको योग रहेको छ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

आस मारेका कामबाट लाभ होला । स्वास्थ्यमा समस्या देखिनेछ भने निकै राम्रो मौका गुम्नसक्छ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

प्रेम सम्बन्धले गर्दा भोग विलास नै हराउन सक्छ । आफन्तबाट निकै दुखको खबर आउनसक्छ । चोटपटकको भय रहेको छ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

स्वास्थ्य कमजोर रहनाले पढाई लेखाईमा समय दिन नसकिएला । सवारीमा सावधानी अपनाउनुहोला । स्वास्थ्यमा समस्या देखा पर्नेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

अवसरलाई पछ्याउन नसक्दा पछि परिनेछ । अस्वस्थताले काममा वाधा पुर्याउला । बाध्यताले अल्मल्याउनसक्छ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

दम्पत्तिबीच विवाद वा पारिवारिक असमझदारी बढ्ने सम्भावना रहेको छ । सामान्य चुनौती देखिएपनि मेहनत गर्दा लाभ हुनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

शत्रु र रागले निकै सताउने छ । मेहनत गरेका काममा विजयी भईनेछ भने व्यापार व्यवसायमा फाईदा हुनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

आफ्नो क्षेत्रमा प्रभुत्व जोगाउन जोगाउन सकिनेछ । दाम इनाम र प्रतिष्ठा कमाउने योग रहेको छ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

भूमी बहान तथा पैतृक सम्पत्तिबाट लाभ मिल्नेछ । व्यापारमा पनि प्रशस्त फाईदा हुनेछ भने जिवनमा निकै कृती मिल्नेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

भाग्यले सोचेभन्दा बढी नै फाईदा दिलाउने छ । चुनौती स्वत हटेर जानेछ भने कर्मका प्रभावले आम्दानी बढेर जानेछ ।

नोटः ज्योतिष बास्तुसँग सम्बिन्धित कुनै पनि समस्या छन् र ज्योतिष सम्बन्धि सल्लाह लिन चाहनुन्छ भने हामीलाई सम्झनुहोस्।

विन्ध्यवासिनी ज्योतिष सेवा सदन, पोखरा
गणितिय युवा ज्योतिष भवेश भट्टराई
सम्पर्कः ९८४६८५५२११, ९८२७१२२०२७

विन्ध्यवासिनी भगवती मन्दिरमा पूजाआजा हुने दैनिक कार्यतालिका

१) विन्ध्यवासिनी भगवतीको प्रातः कालिन नित्यपूजा ४ः३० देखि ५ः४५ बजेसम्म हुनेछ।
२) नित्यपूजा पश्चात मात्र दर्शनार्थीहरुका लागि मन्दिर ६ः०० बजे खुल्ला रहनेछ।
३) ११ः४५ देखि १२ः०० बजेसम्म मध्याह्न पूजा हुनेछ।
४) दिउँसो १२ः०० बजेदेखि १ः०० बजेसम्म मन्दिर बन्द रहनेछ।
५) ३ः०० बजेदेखि ४ बजेसम्म मन्दिर सरसफाइ हुनेछ।

More News last news
Loading...