पोखरा । मुक्तिनाथ रेमिटमा उपहार योजनाः मुक्तिनाथ विकास बैंकले मुक्तिनाथ रेमिटका विभिन्न उपहार योजनाको प्रचारप्रसार गर्दै शनिबार पोखरामा घरदैलो कार्यक्रम गरेको छ।
बैंकले २०७६ साल ७६ उपहार चाडपर्वसंगै खुसीको बहार भन्दै व्लुतुथ स्पिकर देखि प्रेसर कुकर, स्मार्ट मोवाइल सेट, ३२ इन्चको टिभि, रेफ्रिजेनेटर, ल्यापटप, स्कुटरसम्मका उपहार योजना ल्याएको बैंकका पोखरा चिप्लेढुंगाका शाखा प्रबन्धक धुर्वप्रसाद रेग्मीले बताए।
बैंकका ब्राण्ड एम्बेस्डर धुर्मुस, सुन्तलीले मंसिर १५ गते भाग्यशाली विजेता घोषणा गर्ने भएको बैंकले जनाएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
