अमेरिकामा सवारी दुर्घटनाः एकै परिवारका ३ नेपालीको मृत्यु, २ घाइते

काठमाडौँ । अमेरिकाको मिजोरी हाईवेमा मंगलबार भएको दुर्घटनामा एक नेपाली दम्पत्तिसहित तीन जनाको मृत्यु भएको छ। मृत्यु हुने तीनै जना एकै परिवारका रहेका छन् भने सोही परिवारका २ जना घाइते भएका छन्।

अमेरिकी प्रहरीले दुर्घटनाका मृतक र घाइतेको नाम सार्वजनिक गर्दै गोविन्द खनाल, शान्ता खनाल र श्रद्धा खनाल ओझाको ज्यान गएको पुष्टि गरेको । शान्ता नाताले गोविन्दका श्रीमती र श्रद्धा छोरी हुन्। जोप्लिनग्लोब डटकमले घटनाबारे अपडेट गर्दै गोविन्दको घटनास्थलमै र आमा, छोरीको उपचारका क्रममा मृत्यु भएको लेखेको छ।

Advertisement

दुर्घटनामा कारका चालक श्रद्धाका श्रीमान् प्रभास ओझा र उनका ४ वर्षीय छोरा घाइते भएका छन्। अस्पताललाई उद्धृृत गर्दै त्यहाँको प्रहरीले जनाएअनुसार स्थानीय अस्पतालमा उपचाररत उनीहरूमध्ये प्रभासको अवस्था स्थिर छ।

टोयोटाको आरएभी४ मोडलको गाडीमा सवार उनीहरू कहिले र कसरी अमेरिका पुगेका हुन् भन्ने समाचारमा खुलेको छैन। घुमफिर या अन्य अरू के प्रयोजनका लागि सपरिवार एउटै गाडीमा सवार थिए भन्ने पनि अस्पष्ट छ।

More News last news
Loading...