एनआईसी एशिया बैंक र ग्लोबल कि टेक्नोलोजिजबीच क्यासब्याकको सम्झौता

काठमाडौं । एन आई सी एशिया बैंक लिमिटेड र ग्लोबल कि टेक्नोलेजिज बीच रिचार्जर एपबाट एन आई सी एशियाको मोबाइल बैंक प्रयोग गरी क्यूआर मार्फत् वान प्लस सेभेन मोबाइल फोन खरिद गर्दा १०% क्यास ब्याक प्रदान गर्ने सम्झौता भएको छ।

उक्त सम्झौताअनुसार रिचार्जर एप तथा वेभसाईट प्रयोग गरी वान प्लस सेभेन मोबाइल फोन किन्दा एन आई सी एशिया बैंकको मोबाइल बैंक मार्फत् भुक्तानी गर्दा १०% क्यास ब्याक प्राप्त गर्न सकिन्छ।

Advertisement

अन्य बैंकको मोबाइल बैंकिङ मार्फत् वान प्लस सेभेन मोबाइल फोन खरिद गर्दा भने ५% क्यास ब्याक प्राप्त हुन्छ। यो योजना भाद्र १८ देखि आश्विन १ गते सम्मका लागि लागू हुनेछ।

सो सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठी र ग्लोबल कि टेक्नोलेजिजको तर्फबाट कम्पनीका अध्यक्ष किसन राईले हस्ताक्षर गरे।

More News last news
Loading...