ह्वात्तै घट्यो सुनको मूल्य, हेर्नुहोस् कति पुग्यो ?

काठमाडौँ । साताको पहिलो दिन अर्थात आइतबार सुनको मूल्य घटेको छ।

आज छापावाल सुन प्रतितोला ७२ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो छापावाल सुन प्रतितोला ७२ हजार ४ रुपैयाँमा कारोबार भएको थियो।

Advertisement

त्यस्तै आज तेजावी सुन प्रतितोला ७१ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ। हिजो तेजावी सुन प्रतितोला ७२ हजार १ रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै आज चाँदीको मूल्य भने स्थित छ। आज चाँदी प्रतितोला ८ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ।

More News last news
Loading...