काठमाडौं । नेपाली युवतीलाई विवाहको प्रलोभनमा चीनमा तस्करी गर्ने गिरोह पक्राउ परेका छन्। प्रहरीको मानव बेचबिखनविरुद्धको ब्युरोले ४ जना पीडित महिलाको उद्धार गरेको छ । मानव बेचबिखनमा सम्लग्न रहेका ६ नेपाली र ४ जना चिनियाँ नागरिक गरी १० जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्ने नेपाली नागरिकमा सिन्धुपाल्चोककी रिना तामाङ भनिने बिबिरानी तामाङ, नुवाकाटका रोज तामाङ, लमजुङकी पार्वती गुरुङ, अमृता गुरुङ, भरत तामाङ र उषाकुमार घिमिरे रहेकाछन्।
चिनियाँ नागरिकमा जेङ सियाङ डोङ, ज्याङ डोङ हुइ, क्वान ग्याङ पिङ र क्वीन लियाङ रहेका छन्। नेपाली युवतीसँग अदालती विवाह गरेर विवाह दर्ता समेत बनाएर चीन लैजाने गरेको देखिएको पक्राउ गरिएको प्रहरीले वनाएको छ।
अभियुक्तको साथबाट १२ वटा मोबाइल, करिब २२ लाख नेपाली रुपैयाँ, चिनियाँ यूआन २ हजार ३ सय र अमेरिकी डलर १ सय ९० बरामद गरेको छ। यसअघि पहिलो पटक ०७१ सालमा नेपाली युवतीलाई यही शैलीबाट विवाह गरेर चीन र दक्षिण कोरिया पठाउने समूहलाई केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले समातेको प्रहरीले बताएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
