काठमाडौँ । आज (मंगलबार) सुनको भाउ ह्वात्तै घटेको छ । हिजो ७३ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज ९ सय रुपैयाँ घटेर ७२ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवासायी महासंघले जनाएको छ ।
आइतबार एकैदिन १२ सय रुपैयाँ बढेर ७२ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ सोमबार एक हजार रुपैयाँ बढेर ७३ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तैगरी आज तेजावी सुनको भाउ पनि ओरालो लागेको छ । आज तेजावी सुन प्रतितोला ७२ हजार ३ सय तथा चाँदी प्रतितोला ८ सय ६० रुपैयाँमा कारोबार भईरहेको छ । सोमबार तेजावी सुन ७३ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।
काठमाडौँ उपत्यका बाहेका जिल्लामा भने सुन चाँदीको भाउ केही बढी पर्न सक्ने छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
