सिम्रिक एयरलाइन्सका जहाजको उडान बन्देज

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले सिम्रिक एयरलाइन्सका जहाजमा ब्याण्ड लगाएको छ।

जहाजमा राखिएका पार्टपूर्जामा सुरक्षा खतरा देखिएपछि तत्काल जहाजहरु ग्राउण्डेड गर्ने निर्णय भएको प्राधिकरण स्रोतले जानकारी दियो। प्राधिकरणले प्रत्येक कम्पनीको छुट्टाछुट्टै सुरक्षा जाँच गर्ने गर्छ।

Advertisement

त्यही क्रममा सिम्रिकको आइतबार र सोमबार जाँच गरिएकोमा जहाजमा प्रयोग भएका पार्टपूर्जा हवाई सुरक्षाका दृष्टिकोणले खतरापूर्ण पाइएको हो। यस कम्पनीसँग ४ वटा जहाज रहेका छन्। यसका जहाज खतरापूर्ण रहेकाले उडानमा बन्देज लगाईएको एक अधिकारीले बताए।

सुरक्षा खतरा देखिएपछि प्राधिकरणले आकाशमा उड्दै गरेको अवस्थामा पनि तत्काल अवतरणको निर्देशन दिन सक्छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता प्रतापबाबु तिवारीले मंगलबार सिम्रिकका उडान रद्द भएको पुष्टि गरे।

More News last news
Loading...