सिँहदरबारभित्रै एक कर्मचारीको शव फेला

काठमाडौँ । राष्ट्रिय योजना आयोगका एक कर्मचारी मंगलबार कार्यालय भित्रै मृत अवस्थामा भेटिएका छन्।

कार्यालय भित्रको मिटिङ हलमा कार्यालयका नायब सुब्बा बच्चुराम केसीको शव भेटिएको महानगरीय प्रहरी परिसर, काठमाडौँका प्रवक्ता डीएसपी होबिन्द्र बोगटीले जानकारी दिए ।

Advertisement

‘योजना आयोगका नायब सुब्बा केसीको शव नजिकै सेल्फास नाम गरेको विषादीको बट्टासमेत भेटिएको छ । फरेन्सिक अधिकारीसहित परिसरको टोली घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेको छ’,  प्रवक्ता बोगटीले भने ।

केसीले आत्महत्या गरेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान रहे पनि अनुसन्धानपछि मात्र सत्य तथ्य बाहिर आउने प्रहरीले जनाएको छ।

More News last news
Loading...