काठमाडौँ । केही समयअघि अभिनेत्री शिल्पा पोखरेलले श्रीमान छबी ओझाबाटै असुरक्षा भएको भन्दै प्रहरीमा उजुरी दिएकी थिइन्। प्रहरीमा दुबै पक्षलाई राखेर मिलाउने प्रयास गरिएको थियो। तर शिल्पाले अब छबीसँग बस्न नसक्न भन्दै डिभोर्स मागेकी थिइन्।

दुबैले विवाहलाई गोप्य राखेका थिए। तर शिल्पा छवीसँग बस्दै आएकी थिइन्। यसै क्रममा छबीले आफूमाथि हिंसा गरेको भन्दै शिल्पाले प्रहरीमा उजुरी दिएपछि मात्र उनीहरुको विवाहको कुरा औपचारिक रुपमा बाहिरीएको हो।
शिल्पाले डिभोर्स मागेपछि छवीको पहिलो पत्नीले शिल्पा र छबीविरुद्ध बहुविवाहको मुद्दा दर्ता गराएकी थिइन्। उनीहरु दुबैलाई यसै मुद्दामा पक्राउ गर्न प्रहरीले पक्राउ पुजी समेत जारी गरेको थियो। तर आइतबार सर्वोच्च अदालतले शिल्पालाई तत्काल पक्राउ नगर्ने आदेश दिएपछि प्रहरी पछि हटेको छ।

यसै क्रममा विवाहको तीन वर्षपछि छवि र शिल्पाको विवाहका केही तस्वीर पनि सार्वजनिक भएका छन्। यद्यपी यत्रो वर्षसम्म ती तस्वीरहरु गोप्य राखिएको थियो। छबी र शिल्पाको सम्बन्धमा खटपट भएपछि भस्त इन्टरटेमेन्ट डटकमले छवि र शिल्पाको बिवाहको तस्बिरहरु सार्वजनिक गरेको हो।

बेहुला बेहुलीको भेषमा रहेका छवि र शिल्पाको विवाहमा केही पारिवारिक सदस्य र फिल्म क्षेत्रका सिमित व्यक्तिहरुलाई देख्न सकिन्छ । बिहेमा छविको बायाँ हातमा प्लास्टर गरिएको छ । त्यतिबेला छविको हात भाँचिएको बताइन्छ । छवि र शिल्पाले विस२०७३ असार २९ गते विवाह गरेका थिए ।




![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
