काठमाडौ । विश्वको अर्को चकित हुने घटना भएको छ । एक सहासी र सिपालु पाईलटले चरा ठोक्किएपछि दुर्घटना निश्चित बनेको विमानलाई मकैबारीमा सफलतापूर्वक ल्याण्ड गरेर दुनियाँलाई चकित बनाएका छन्। जुन विश्वकै सञ्चार माध्यमहरुले अनौठो र असम्भव प्रायः घटना भनेका छन्।
यात्रुले भरीएको विमानमा चरा ठोक्कीएपछि विमान मकैबारीमा अवतरण गरिएको छ । यो घटना रूसको मस्कोनजिकैको हो जहाँ एक चालकले मकैबारीमा जहाज अवतरण गराए । मस्कोको जुकोभ्स्की विमानस्थल क्राइमियाको सिम्फेरोपोल जानका लागि उडेको जहाजमा टेक अफ गरेको केहीबेरमै चराको एक बगाल ठोकिएको थियो।
चरा ठोक्किएर जहाजका दुबै इन्जिनमा समस्या आएको थियो । जहाज उड्नेबित्तिकै धेरै हल्लिन थालेको एक यात्रुले जानकारी दिएका छन्। जहाजभित्रका बत्तिहरू निभेपछि यात्रुहरू आत्तिन थाले तर चालकले निकै संयमताका साथ जहाजलाई मकैबारीमा आपतकालीन अवतरण गराउन सफल भए । युराल एयरलायन्सको उक्त जहाजमा २२६ यात्रु र सात जना चालक दलका सदस्य थिए । विमानस्थलदेखि झन्डै १ किलोमिटर टाढाको मकैबारीमा जहाज सुरक्षित अवतरण भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जानकारी दिएका छन्।
उक्त घटनामा २३ यात्रु घाइते भएको रूसी अधिकारीले जानकारी दिएका छन् । जहाजबाट सबै यात्रुलाई बाहिर निकालिएको छ भने घाइतेलाई अस्पताल लगिएको छ । घाइतेमध्ये ५ जना बालबालिका रहेको रूसी स्वास्थ्य मन्त्रालयले जनाएको छ । युराल एयरलायन्सले जहाजका पाइलट निकै अनुभवी भएकाले सफल अवतरण गर्न सकिएको जनाएको छ । अहिले पाइलटको विश्वभरबाट तारिफ भइरहेको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
