कुवेत । कुवेतको प्रतिष्ठित कम्पनी केजिएलमा कार्यरत २ जना नेपाली कामदारको दुर्घटनामा परी ज्यान गएको छ । काभ्रेका गोकर्ण घिमिरे तथा दाङका शेर बहादुर मल्लको बुधबार बिहान काम सकेर कोठामा फर्किने क्रममा सडक दुर्घटननामा परि ज्यान गएको मृतकका साथी मोहन पौडेलले जानकारी दिए ।
पौडेलका अनुसार काम सकेर फहहिलमा रहेको अफिसबाट आफुहरु बस्ने ठाउँ फर्वानिया फर्किने क्रममा रोड नं. ५१ मा उनीहरु चढेको सवारी साधनको चक्का पड्किएर ईमर्जेन्सी लेनमा पुगेको थियो। उक्त लेनबाट बाहिर निस्कने क्रममा ठूलो गाडिले ठक्कर दिएको बताईएको छ ।
काभ्रेका गोकर्ण घिमिरेको घटनास्थलमै र दाङका शेरबहादुर मल्लको फर्वानिया अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। उक्त दुर्घटनामा सामान्य घाइते भएका भिमबहादुर तामाङलाई अस्पताल पुर्याइएको थियो । उनी भने सामान्य उपचारपछि घर डिस्चार्ज भएका छन् ।
दुर्घटनाको समयमा अर्को साइडबाट हामफालेका जंगिलाल चौधरी भने सकुशल रहेका छन्। सन २०११ देखि कुवेतमा कार्यरत दुबै जना मृतकहरु उक्त कम्पनीमा सबारी चालकका रुपमा कार्यरत थिए। घटनाका विषयमा अनुसन्धान गरी २ मृतकको शव नेपाल पठाउने तयारी भईरहेको कुवेत स्थित नेपाली दूतावासले जनाएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
