आज पनि आकासियो सुनको भाउ, हेर्नुहोस् कति पुग्यो ?

काठमाडौं । आज पनि सुनको भाउ ह्वात्तै बढेको छ। हिजो २ सय रुपैयाँ बढेर ६८ हजार रुपैयाँमा कारोबार भएको सुनको भाउ आज एकैदिन १५ सय बढेर ६९ हजार ५ सय रुपैयाँ पुगेको छ।

सोमबार एकैदिन प्रतितोला १५ सय रुपैयाँ बढेर ६७ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन मंगलबार ६८ हजार रुपैयाँमा कारोबार भएको थियो।

Advertisement

त्यस्तै आज तेजावी सुन प्रतितोला ६९ हजार २ सय रुपैयाँ तथा चाँदी ८ सय १० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो तेजावी सुन ६७ हजार ७ सय रुपैयाँ तथा चाँदी ७९५ रुपैयाँमा कारोबार भएको थियो।

अघिल्लो साताको बिहीबारबाटै लगातार बढ्दै गएको सुनको भाउले दैनिक रुपमा उच्च रेकर्ड बनाएको छ। आज पनि सुनको भाउ अहिलेसम्मकै उच्च हो भने आज चाँदीले पनि उच्च रेकर्ड बनाएको छ।

More News last news
Loading...