पछिल्लो समय हाम्रो खानपीन र जिवनशैलीका कारण हृदयघात जस्ता प्राणघातक रोग बढ्दै छन्। सरीरमा प्रवाह हुने रगतमा देखिने खराब बोसोजसलाई क्लोस्टोलको नामले चिनिन्छ र यसको मुख्य काम भनेको ह्रृदयघात बनाउनु हो।
मानिसको अकालमा ज्यान जान सक्ने रगतमा हुने खराब बोसोलाई बेलैमा पहिचान गराउन सकियो भने हृदयघातबाट बच्न सकिने संभावना हुन्छ। क्लोष्ट्रोलका कारण सरीरमा धेरै समस्या हुन्छ। मुटुमा मात्र होईन कलेजोमा समेत यसको प्रभाव पर्छ।
शरिरमा रक्त संचार हुने सबै अंगहरुमा खराब बोसोको मात्रा बढ्नाले समस्या उत्पन्न हुन्छ। पक्षघात रोगपनि लाग्न सक्छ । बरिष्ट मुटु रोग बिशेषज्ञ रामचन्द्र काफ्लेका अनुसार क्लोस्ट्रोल जो सुकैमा पनि खबरा रुपमा रहन सक्छ । बेलैमा जाँच गरेर यसको उपचार गर्न जरुरी छ।
भिडियो :
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
