रक्सी जस्तो मानेर तेल पिउँदा ओखलढुंगामा एकको मृत्यु

ओखलढुंगा । ओखलढुंगाको मोलुङ गाउँपालिका ७ पात्लेमा मछिनोको तेल खादाँ एक जनाएको मृत्यु भएको छ। मृत्यु हुनेमा अन्दाजी ३९ बर्षिय मकर तामाङ रहेको वडा अध्यक्ष हेम कुमार सुनुवारले बताए।

शनिबार बिहान तामाङले मदिरा भनि मछिनोको तेल सेवन गरेको पारिवारीक श्रोतलाई उदृत गर्दै वडा अध्यक्ष सुनुवारले बताए।

Advertisement

शुक्रबार बेलुकादेखी नै मदिरामा मात्तिएका तामाङले बिहानीपख तेल सेवन गरेको उनको भनाई छ। मृतक तामाङले बिगत नौ बर्षदेखी पात्लेमा मछिनो उद्योग चलाउँदै आएका थिए।

उनले प्लाष्टिकको बोतलमा राखेको मछिनोको तेललाई मदिरा भनि सेवन गरेपछि बिरामी परेको र परिवार तथा स्थानियको सहयोगमा उद्धार गरी अस्पताल लैजादै गर्दा बीच बाटोमै मृत्यु भएको वडा अध्यक्ष सुनुवारको भनाई छ।

More News last news
Loading...