काठमाडौँ । चर्चित गायक नारायण रायमाझीको मर्मस्पर्सी गीत आमा बजारमा आएको छ। पछिल्लो समय तीज नजिकिँदै गर्दा तीजका गीत एकपछि अर्को गर्दै बजारमा आइरहेका छन्। यसैक्रममा गायक तथा निर्देशक नारायण रायमाझीले नयाँ स्वादको मर्मिक गीत ‘हे मेरी आमा ‘सार्वजनिक गरेका हुन्।
नेपाली चेलीहरुको कथा व्यथा समेटिएको यस गीतमा चर्चित गायिका देवी घर्तीको स्वर रहेको छ। यस गीतमा शब्द रचना रमेश बिजीको रहेको छ। भने संगीत नारायण रायमाझी र बिरही कान्छाको रहेको छ। यस गीतको एरेन्ज बिबि अनुरागीको रहेको छ। गगीतको भिडियोलाई छायांकन र सम्पादन रकलर मिराज अर्यालले गरेका छन्।
भिडियो निर्देशन नारायण रायमाझीले नै गरेका छन्। यस गीतको भिडियोमा अनुष्का अधीकारी,हिमाला गौतम,रमेश केसी मट्टारे अप्सरा अधिकारी, देबेन्द्र बब्लु, हरि अधिकारी, बिन्दु खड्का, सुमित्रा तामाड्, एलीना ठकुरी, सरु राई, सोनीका गज्मेर, बिपना केसी, सन्देश रायमाझीको अभिनय रहेको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
