निर्मला पन्तको बलात्कारपछि भएको हत्या प्रकरण अझै रहस्यमै छ । घटना भएको १ वर्ष पूरा भइसकेको छ। तर सरकारले अनुसन्धान टुङ्गोमा पुर्याउन पनि सकेको छैन, निष्कर्ष निकाल्न पनि सकेको छैन।
यही अवस्थाका कारण सरकार र नेपाल प्रहरीमाथि विभिन्न आरोप लाग्दै आएको छ। अपराधमा संलग्नलाई पत्ता लगाउन नसकेको नभै जानजान राज्यले नै संरक्षण गरेको आरोप पनि लाग्दै आएको छ।
यसै विषयमा विश्लेषक डा. सुरेन्द्र केसीले राजनीतिक दलका नेताहरुसँग नजिक भएका व्यक्ति नै अपराधी भएकाले प्रहरीले पक्राउ गर्न नसकेको जिकिर गरेका छन् ।
यता नेपाल प्रहरीका प्रवक्ता विश्वराज पोखरेलले भने निर्मलाको हत्यारा अहिलेसम्म पत्ता लाग्न नसकेपनि अनुसन्धान जारी राखिएको बताए । डा. केसीले भनेजस्तो अपराधीलाई कसैले पनि संरक्षण नगरेको भन्दै पोखरेलले खण्डन गरेका छन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
