सिंगापुरले दियो नेपाललाई १९२ रनको लक्ष्य

काठमाडौं । टी-२० विश्वकप क्रिकेटको एसिया क्षेत्र छनोटको अन्तिम चरणको प्रतियोगितामा सिंगापुरले नेपाललाई १९२ रनको विशाल लक्ष्य दिएको छ।

टस जितेर ब्याटिङ गरेको सिंगापुरले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १९१ रन बनाएको हो। सिंगापुरलाई विशाल लक्ष्यमा पुर्‍याउन टिम डेभिडले ७७ रन बनाए।

Advertisement

यसैगरी रोहनले ४९ र मनप्रित सिंहले ४२ रन बनाए। नेपालका लागि अभिनास बोहराले चार विकेट लिए। करण केसीले २ विकेट लिए।

नेपालले केहीबेरमा जवाफी ब्याटिङ थाल्ने छ।

More News last news
Loading...