अनिल खनाल र रामचन्द्र चन्दको मौलिक तीज गीत “परदेशी भाई” बजारमा (भिडियो सहित)

काठमाडौँ । नेपाली नारीहरुको महान पर्व तीजको पूर्व सन्ध्यामा तीजलाई लक्षित गर्दै प्रशस्त गीतहरु बजारमा आईरहेका बेला उदयीमान गीतकार अनिल खनालको शब्द रहेको मौलिक गीत बजारमा आएको छ। खनालको शब्द तथा रामचन्द्र चन्दको संगीतमा रहेको गीत “परदेशी भाई” म्युजिक भिडियो सहित बजारमा आएको हो।

मौलिक “परदेशी भाई” बोलको तीज गीतमा रामचन्द्र चन्द र वर्षा मगरले स्वर दिएका छन् भने गीतको म्युजिक भिडियोमा बेगम नेपाली, अम्बिका गौतम र अमित चन्दको अभिनय रहेको छ। भिडियोलाई हम गैरेले निर्देशन गरेका हुन्।

Advertisement

तीज गीत “परदेशी भाई”को भिडियो :

 

More News last news
Loading...