मेष
रातो पहिरनले अपेक्षा गरेजस्तै परिणाम प्राप्त गर्न सहयोग पुर्याउनेछ । अग्रजहरूसँग अनुभव हासिल गरी नयाँ अवसर पहिल्याउन सकिनेछ । विदेश भ्रमण सार्थक बनाउन थप खर्च गर्नुपर्ला । सवारी साधन खरिद गर्ने योजना अभिभावकहरूबाट अनुमोदन हुन सक्छ । मौसम अनुकूल नहुँदा स्वास्थ्य बाधा सिर्जना होला ।
वृष
आफ्नो लगनशीलताको बलमा प्रतिष्ठित कार्य गर्न सकिनेछ । आफ्नो हठ र जिद्दीले कुनै फाइदा पुर्याउने छैन । स्वास्थमा विशेष ध्यान दिनुपर्नेछ । अध्ययनका क्रममा विदेश यात्राको साइत तय हुनेछ । साताको अन्त्यमा आफ्नो कामको परिणाम हात लाग्न सक्छ ।
मिथुन
कुनै नयाँ योजना सम्पन्न गर्न प्रेमिकाले ऊर्जा प्रदान गर्नेछिन्, समस्याको गाँठो फुकाउन आर्थिक सहयोगसमेत पाइनेछ । अरूले गरेको छलकपटले आफूलाई पिरोल्न सक्छ । साताको अन्त्यमा घरायसी सामग्री खरिद गर्दै भोज भतेर तथा मनोरञ्जनमा समय खर्चनुपर्ला ।
कर्कट
आम्दानीको दिगो स्रोत फेला पर्नुका साथै सवारी साधन जोड्ने अवसर जुट्न सक्छ । मेहनतले जीवनशैलीमा परिर्वतन ल्याउनुका साथै धेरैको मन लोभ्याउनेछ । मन पराउनेहरूले उपहार प्रदान गर्न सक्छन् । आफ्न्तजनसँग रमाइलो यात्रा हुने सम्भावना छ ।
सिंह
सरोकार नभएका विषयमा चासो राख्दा समस्या आइलाग्न सक्छ । जिद्दी गर्दै गल्ती सच्याउने प्रयास नगर्ने हो भने पछि परिएला । अनुशासन एवं मर्यादा पालनले उचाइमा पुर्याउन सहयोग गर्नेछ । रिस गर्नेहरू सलबलाउन सक्छन् । साताको अन्त्यमा यात्राको साइत जुर्ने देखिन्छ ।
कन्या
डाहा गर्नेहरूले भित्रभित्रै षड्यन्त्र गरिरहेका छन् । खानपानको समय तालिका फेरबदल हुँदा स्वास्थ बाधाले सताउन सक्छ । विपरीत लिंगीबाट नौलो प्रस्ताव प्राप्त हुनेछ । कुनै पनि निर्णयमा ढिलाइ नगर्नुहोला । सबै खालका अवरोध निर्मूल पार्न विपरीत लिंगीको प्रेरणाले सहयोगी भूमिका निर्वाह गर्नेछ ।
तुला
मित्रहरूले अपेक्षा गरेजस्तो सहयोग नगर्दा रोजगारीको अवसर गुम्ने अवस्था छ । आर्थिक कारोबारमा प्रगति गर्दै लगानीअनुरुप लाभ लिन सकिनेछ । विलासिताका सामग्री खरिद गर्न आकर्षित भइनेछ । अभिभावकहरूले आफ्नो भावना अनुरुप सहयोग गर्नेछन् । द्रुत गतिमा सवारी चलाउँदा विपत्ति आइलाग्न सक्छ ।
वृश्चिक
मन मिल्ने साथी फेला पर्नेछन् । कसैसँगको भावनात्मक गाँठो अझ कसिलो हुनेछ । सोमबार पछिका दिन निर्णायक हुनेछन् । देखासिकी गर्नेहरूका अगाडि सजक भै कार्य सम्पन्न गर्नुपर्नेछ । मनोरञ्जनमा गर्दा उचित स्थान छनौट गर्नुहोला । साताको अन्त्यमा भोज भतेरमा सहभागी भइनेछ ।
धनु
मनको भय उत्साहमा परिणत हुनेछ । काम गर्ने हौसला प्राप्त हुदाँ नयाँ क्षेत्रमा सामूहिक लगानी गरिनेछ । पूर्वपरिचित सहपाठीबाट विगतदेखि नै मन पराएको रहस्य खुलासा होला । पूर्वतर्फको यात्रा गर्दा विशेष लाभ हुनेछ । निर्णयमा विलम्ब नगर्नुहोला ।
कुम्भ
प्रेम प्रसंगमा दुविधा उत्पन्न हुन सक्छ । साथीको विशेष भूमिकाले विवाद मत्थर बनाउनेछ । तपाईंको उन्नति देखेर ईष्या गर्नेहरू छटपटाउनेछन् । पारिवारिक सल्लाहबेगर गरिएको आर्थिक कारोबारले झमेला सिर्जना गर्न सक्छ । वातावरणीय हेरफेरले स्वास्थ्य प्रतिकूल बनाउला ।
मकर
परिस्थिति अनुकूल भए पनि भविष्यको चिन्ताले सताउन सक्छ । जीवनशैलीमा परिर्वतन ल्याउन थप मेहनतको आवश्यकता छ । पुराना कामबाट प्राप्त प्रतिफलले अन्य योजना बनाउन सहयोग पुर्याउनेछ। अभिभावकहरूको सहयोगमा व्यवसायमा राम्रै लगानी गर्न सकिनेछ।
मीन
कुरा काट्नेहरू सलबलाएको अवस्था छ। गोपनीयतामा विशेष ध्यान दिनुहोला। मनभित्र उब्जिएको चञ्चलतामा संयमित रहनुमै आफ्नो कल्याण हुनेछ। अधुरा कार्यहरू क्रमिक रुपमा सुचारु हुनेछन्। राति अवेरसम्म बाहिर बस्दा विशेष ध्यान पुर्याउनुपर्नेछ।
ज्योतिष : रामप्रसाद सिटौला
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
