गाडी र घरकर्जामा कडाई गर्ने राष्ट्र बैंकको यस्तो छ नीति

काठमाडौँ । अबदेखि घर वा गाडी खरिद गर्दा बैंकहरुले तपाईको आम्दानीको मूल्याँकन गर्नेछ। नेपाल राष्ट्र बैंकले घर र गाडी कर्जामा व्यक्तिको आम्दानी मूल्याँकन गर्ने भएको छ।

मौद्रिक नीतिमा व्यक्तिगत प्राकृतिका कर्जा, घर कर्जा तथा हायर पर्चेज कर्जा लगायतका किस्ता भुक्तानीमा आधारित गैर व्यावसायिक कर्जा प्रवाह गर्दा ऋण भुक्तानी आम्दानी अनुपातको अधिकतम सिमा कायम गरिनेछ भनिएको छ। यसले व्यक्तिको आम्दानी हेरेर घर वा गाडी कर्जा कतिसम्म दिने निर्धारण गर्छ, नेपाल राष्ट्र बैंकका प्रवक्ता लक्ष्मी प्रपन्न निरौलाले बताए।

Advertisement

व्यक्तिले कमाउने आम्दानीमा उसको खर्च कटाएर कति बच्छ सोही अनुसार कर्जा प्रवाह हुन्छ। मौद्रिक नीतिको यो व्यवस्था राष्ट्र बैंकले निर्देशिका जारी गरेपछि कार्यान्वयनमा आउँनेछ।

More News last news
Loading...