कृषि विकास बैंकमा जागिर खुल्यो, प्लस टु उत्तिर्णलाई पनि अवसर, कुन पदमा कति ? हेर्नुहोस् 

काठमाडौं । कृषि विकास बैंकमा ३८४ जनाका लागि जागिर खुलेको छ। बैंकले तह ४ देखि ९ सम्मका लागि कर्मचारी माग गरेको हो।

बैंकले सुर्खेत केन्द्रका लागि ४२ जना सहायक स्तरका कर्मचारी मागेको छ भने भैरहवामा १०० जना, विराटनगरमा ५४ जना कर्मचारी माग गरेको छ। प्रशासन लेखामा ४ तहमा कर्मचारी माग गरेको हो। यसका लागि प्लस टु पास गरेकाले पनि आवेदन दिन पाउने छन्।

Advertisement

बैंकले पाँच तहमा ओभरसियरमा पनि कर्मचारी माग गरेको छ। पाँच जना कर्मचारी माग गरिएको छ। पाँचौ तहमा एमआइएस सहायक १३ र ब्यवसाय सहायक १०७ जना माग गरिएको छ।

सातौं तह बरिष्ठ इन्जिनियर (आइटी) मा २० जना माग गरिएको छ भने चार्टर्ड एकाउन्टेन्ट  २२ जना माग गरिएको छ। नौं तह वरिष्ठ शाखा प्रमुखमा ८ जना कर्मचारी माग गरिएको छ।

इच्छुकले साउन २० गतेभित्र आवेदन दिइसक्नु पर्नेछ। बैंकको वेवसाइट https://www.adbl.gov.np/ मा गएर अनलाइनबाटै फारम भर्न सकिन्छ। परीक्षा दस्तुर पद अनुसार ४ सयदेखि १००० रुपैयाँसम्म रहेको छ।

थप जानकारीका लागि तलको तालिका हेर्नुहोस् :

More News last news
Loading...