भोलि लाग्दैछ खण्डग्रास चन्द्रग्रहण, यी ४ राशीलाई हुनेछ शुभै-शुभ

काठमाडौं। भोलि मंगलबार खण्डग्रास चन्द्रग्रहण लाग्ने भएको छ । मध्यरातमा शुरु हुने ग्रहण ३ घन्टा भन्दा बढीको हुनेछ भने बुधवार विहान मात्रै अन्त्य हुनेछ ।

सूर्य, पृथ्वी र चन्द्रमा सिधा रेखामा परेको समयमा पृथ्वीको छाँया चन्द्रमामा पर्ने भएकाले खण्डग्रास ग्रहण लागेको बुझ्ने गरिन्छ । नेपाली समय अनुसार राती १ बजेर ४७ मिनेटमा प्रारम्भ हुने ग्रहण बुधवार विहान ४ बजेर ४५ मिनेटमा अन्त्य हुने बताइएको छ । खगोलविद्हरुका अनुसार यो अवधिमा चन्द्रमाको आधाभन्दा भन्दा बढी भाग छोपिएको अवस्थामा देखिनेछ ।

Advertisement

यो ग्रहण नेपालसहित भारत, चीन, मंगोलिया, अफ्रिका, दक्षिण अमेरिका, जापान, यूरोप, रसिया, अष्ट्रेलिया आसपासका मुलुकबाट प्रष्टै देखिने छ । बरिष्ठ खगोलविद् जयन्त आचार्यका अनुशार क्यानडा र उत्तर अमेरिकामा बसोवास गर्नेहरुले भने यो ग्रहणको अनुभव लिन पाउने छैनन् । चन्द्रग्रहणमा आँखालाई हानी नोक्सानी पुर्याउने खालका किरण नहुने भएकाले जो कोहिले नाङ्गो आँखाले सजिलै हेर्न सकिने छ।

ग्रहणलाई टेलीस्कोप, वाइनाकुलर, क्यामरा जस्ता सामाग्री र नाङ्गो आँखाले सहजै हेर्न सकिने भएपनि धर्मशास्त्रले भोलीको ग्रहणमा केही राशीलाई शुभ र केहीलाई अशुभ मानेको आचार्यले बताउनुभयो।

धार्मिक विश्वासलाई आधार मान्दा चार वटा राशीलाई मात्रै शुभ मानिएको बताउँदै उहाँले भन्नुभयो–‘कर्कट, तुला, कुम्भ तथा मीन राशि भएकाहरुलाई शुभ मानिएकाले यी राशी भएकाले भोलीको ग्रहण हेर्न हुने बताइएको छ ।’ मेष, वृष, मिथुन, सिंह, कन्या, वृश्चिक, धनु, मकर राशि भएकाहरुलाई भने यो ग्रहण नियाल्न नहुने बताइएको आचार्यले जानकारी दिनुभयो।

खगोलविद्हरुले ग्रहणलाई प्रयोगात्मक अध्ययन अनुसन्धान प्रकृया पुष्टिगर्ने सुनौलो अवसरका रुपमा लिने गर्छन्। धर्मशास्त्रीहरु ग्रहण अघि र पछि नदीतट, कुण्ड, तलाउमा नुहाई धुवाई गरी शुद्घहुन, धार्मिक मन्त्रोचारण गर्न र ब्रत बस्न सुझाउने गर्छन् ।

More News last news
Loading...