धोनीलाई राष्ट्रिय टीमबाट हटाइदै

दिल्ली । भारतीय क्रिकेट टीमका पूर्वकप्तान महेन्द्र सिंह धोनीलाई राष्ट्रिय टिममा नराखिने संकेत देखिएको छ। सेलेक्टरहरूले धोनीले संन्यास नलिए पनि उनलाई टीम इन्डियामा स्थान नदिइने संकेत दिएपछि यस्तो अवस्था आएको हो।

चीफ सेलेक्टर एमएसके प्रसाद छिट्टै धोनीसँग कुरा गर्दैछन्। धोनीले संन्यासको फैसलाका बारेमा प्रसादलाई जानकारी नदिएमा प्रसादले उनीसँग कुरा गर्नेछन्।

Advertisement

सेलेक्टरहरूले टी२० विश्वकपमा धोनीलाई समावेश नगर्ने लक्षण देखिएको छ। एक सूत्रले बतायो, ‘धोनीले इन्टरनेसनल क्रिकेटबाट बिदाइ लिनुपर्छ। पहिलाको जस्तो लय हासिल गर्न उनी सक्दैनन्।’

सूत्रले भन्यो, ‘ऋषभ पन्त जस्ता युवा क्रिकेटर पालो कुरेर बसेका छन्। अनि धोनी पहिलेको जस्तो फिनिशर रहेनन्। उनी ६ वा ७ नम्बरमा ब्याटिङ गर्दा संघर्ष गरिरहेका देखिन्छन्। यसले टीमलाई हानि गरिरहेको छ।’

न्युजील्यान्डविरुद्ध सेमीफाइनलमा धोनीको ब्याटिङ सुस्त थियो र अन्तिम ओभरमा बलको तुलनामा बढी रन चाहिँदा उनी आउट भए र टीम हार्‍यो। धोनीले विश्वकपपछि संन्यास लिने विषयमा सेलेक्टर र उनीबीच कुराकानी भएको थियो।

यस विषयमा सूत्रले बताएअनुसार, धोनीको ध्यान भंग नहोस् भनेर संन्यासको कुरा उठाइएको थिएन । तर अहिले समय परिवर्तन भएको छ। धोनीले पाउन बाँकी अब केही छैन र उनले अन्तर्राष्ट्रिय स्तरमा केही पनि साबित गर्नुपर्ने छैन।

More News last news
Loading...