काठमाडौँ । शुक्रबारबाट आएको बाढी पहिरोका कारण देशभर ज्यान गुमाउनेको संख्या ५० पुगेको छ। बाढी पहिरोमा परी २२ जना महिला र २८ जना पुरुषको ज्यान गएको प्रहरी प्रधान कार्यालयले जारी गरेको सूचनामा जनाईएको छ।
आइतबार मध्यान्हसम्मको विवरण अनुसार २५ जना घाइते भएकाले उनीहरुको सम्बन्धित स्थानीय अस्पतालमा उपचार भइरहेको छ भने ३३ जना बेपत्ता भएका छन्। अहिलेसम्म एक हजार १०४ जनाको उद्धार गरिएको प्रहरीले जनाएको छ।
प्रहरीले दिएको जानकारी अनुसार प्रदेश नं- १ मा १७, प्रदेश नं- २ मा ८, प्रदेश नं-३ मा १३, प्रदेश नं- ५ र कर्णाली प्रदेशमा दुई-दुई र उपत्यकाका तीन जिल्लामा आठ गरी ५० जनाको ज्यान गएको हो।
उपत्यकाको काठमाडौँमा तीन र ललितपुरमा पाँच जनाले ज्यान गुमाएका छन्। सुरक्षाकर्मीले उपत्यकाबाट १९४ जना, प्रदेश नं- १ बाट १२ जना, प्रदेश नं– २ बाट ८२७ जना, प्रदेश नं– ३ बाट ७१ जनाको उद्धार गरेको जनाएको छ । अहिले पनि उद्धारकार्य जारी रहेको प्रहरीले जनाएको छ।
नेपाल प्रहरीले निकालेको मृतक घाईते बेपत्ता नागरिकको तालिका

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
