सुन चाँदीको भाउँ घट्यो, कुनको कति ? 

काठमाडौं । साताको पहिलो दिन आइतबार सुनचाँदीको भाउ घटेको छ ।

आइतबार तोलामा पाँच सय रुपैयाँ घटेर सुन तोलाको ६४ हजार ५ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Advertisement

गएको बुधबारदेखि नै तोलाको ६५ हजार रुपैयाँमा कारोबार भएको सुनको भाउ तोलामा पाँच सय रुपैयाँ घटेको हो ।

यस्तै चाँदी पनि तोलामा १० रुपैयाँ घटेर आइतबार तोलाको सात सय २० रुपैयाँमा कारोबार भैरहेको छ ।

More News last news
Loading...