एजेन्सी । जुन व्यक्तिको नामको पहिलो अक्षर भो, जा, जी, खी, खू, खा, खो, गा या गी है, वे हुन्छ, ती व्यक्तिको राशि मकर हो।
यस राशिको स्वामी शनि हुन्। ज्योतिष शास्त्रका अनुसार कुनै व्यक्तिको राशिबाट उसको स्वभाव र भविष्यका बारेमा थाहा पाउन सकिन्छ। आज हामी तपाईलाई मकर राशि हुने व्यक्तिको स्वभावका बारेमा जानकारी दिदैछौँ।
१) मकर राशि हुने व्यक्ति महत्वकांक्षी हुने गर्दछन्। यिनीहरु मान सम्मान र सफलता प्राप्त गर्नका लागि लगातार काम गर्ने गर्दछन्।
२) यिनीहरुको स्वभाव शाही अर्थात विलासी जीवन विताउने खालको हुने गर्दछ। यिनीहरु आफ्नो आवश्यकता पुरा गर्नका लागि कठिन परिश्रम पनि गर्न पछि पर्दैनन्।
३) यिनीहरुलाई यात्रा गर्न मन पर्दछ। गम्भिर स्वभावका कारण यी राशिका व्यक्तिले कसैलाई सजिलै साथी बनाउन सक्दैनन्। यिनीहरुका साथी प्राय कार्यालय वा व्यवसायसँग सम्बन्धीत हुने गर्दछन्।
४) सामान्यतया यिनीहरुलाई मन पर्ने रंग ब्राउन र निलो हो। कम बोल्ने, गम्भिर र उच्च पदका कारण यिनीहरुलाई धेरैले मन पराउने गर्दछन्।
५) यी राशिका व्यक्ति भाग्य र भगवानमा विश्वास गर्ने खाले हुन्छन्। यिनीको वैवाहिक जीवनमा केही मतभेद हुने गर्दछ।
६) मकर राशिका पुरुष कम बोल्ने हुन्छन्। देख्दा सुस्त तर मानसिक रुपमा निकै चुस्त हुने गर्दछन्।
७) यस राशिका अधिकांश युवती लामा र दुब्ला पातला हुने गर्दछन्। यिनीहरु व्यायाम गर्न मन पराउछन्।
८) यस्ता राशि भएका व्यक्ति आफ्नो घर वा घरेलु कामका विषयमा अधिक चिन्ता गर्ने खालका हुने गर्दछन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
