एजेन्सी । विवाहको सुरु सुरुमा त नयाँ जोडीले एक अर्कालाई अंगालोमा बेरेर सुत्ने गर्दछन् । तर विवाहको केही वर्षपछि पनि तपाईको पार्टनर यसैगरी सुत्ने गर्दछन् भने त्यो त खुसीको कुरा हो ।
तर यस्तो छैन भने तपाईको सम्बन्धमा कुनै गडबढी अवश्य छ । रातमा तपाईको पार्टनरसँग सुत्ने तरिकाले पनि तपाईको प्रेम सम्बन्धलाई स्थापित गर्ने काम गर्दछ । अनुसन्धानले पनि सुत्ने पोजिसनबाट आफ्नो प्रेम कस्तो छ भन्ने बारे थाहा पाउन सकिने देखाएको छ ।
आज हामी तपाईलाई पार्टनरको सुत्ने पोजिसनबाट कसरी प्रेम थाहा पाउने भन्ने बारेमा जानकारी दिदैछौँ । यदी तपाईकी पत्नी तपाईको काँधमा शिर राखेर सुत्ने गर्दछिन् भने उनलाई तपाईको निकै चिन्ता लाग्ने गर्दछ । धेरै जसो पार्टनर यस पोजिसनमा सुत्न मन पराउछन्। यसरी सुत्ने पत्नीले आफ्नो पार्टनरलाई निकै माया गर्ने गर्दछन् । यदी सुत्ने समय तपाईको पार्टनर आफ्नो पिठ्यु तपाईतिर टाँसेर सुत्ने गर्दछन् भने उनी तपाईसँग निकै खुसी छिन् ।
विवाहको धेरै वर्षपछि पनि तपाईको पार्टनर यसरी सुत्नु तपाईसँग धेरै प्रेम गर्नुको सबुत हो । यदी तपाईको पार्टनर तपाईप्रति नभई पछाडि मुख फर्काएर सुत्ने गर्छन भने यो तपाईको सम्बन्धमा दूरी आएको शंकेत हो । विवाहको धेरै वर्षपछि कयौँ जोडी यो पोजिसनमा सुत्ने गर्दछन्। यिनीहरुमा एक अर्काप्रति कुनै रोमान्स हुँदैन् । तर तपाईको पार्टनर पछाडि मुख फर्काएर ढाड भने तपाईतिर टाँसेर सुत्ने गर्दछन् भने उनीहरुको प्रेम तपाईप्रति केन्द्रित हुने गर्दछ ।
विवाहको १०, १५ वर्षपछि तपाईको पार्टनर तपाईसँग टाँसिर सुत्न जरुरी छैन्, तर सुत्ने समयमा तपाई र तपाईको पार्टनरको अनुहार एक अर्कातिर फर्काएर सुत्नु पर्दछ। यसरी सुत्ने पार्टनरले तपाईलाई निकै प्रेम गर्ने गर्दछन् ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
