काठमाडौं । बहुप्रतिक्षीत फिल्म ‘प्रेमगीत ३’ मा ‘गीत’ को भूमिकामा क्रिस्टिना गुरुङले अभिनय गर्ने भएकी छिन् ।
अमेरिकामा बस्दै आएकी क्रिस्टिनालाई आइतबार ‘गीत’को भूमिकाका लागि निर्माण टिमले क्रिस्टिना गुरुङ खड्कालाई अनुबन्धित गरेको हो । ‘प्रेमगीत ३’ मा अनुबन्धित भएसँगै अब क्रिस्टिनाले सुपरस्टार अभिनेता प्रदीप खड्कासँग रोमान्स गर्ने पक्का भएको छ ।
निर्माण टिमले ‘प्रेमगीत ३’ मा ‘गीत’ क्यारेक्टरका लागि अडिसन आह्वान गरेको थियो, जसमा २७ सय बढीले आवेदन दिएका थिए । त्यसमध्ये २५ जना युवती उत्कृष्ट २५ को ‘सर्टलिस्ट’ मा परेका थिए ।
चलचित्रका निर्माता सन्तोष सेनका अनुसार आशुसेन फिल्मले आगामी फिल्ममा कथाअनुसार सुहाउँदो पात्र भेटे ‘प्रेमगीत ३’ मा छनोट नभएका २४ जनामा कोही रहन सक्ने पनि जानकारी दिए ।
आसुसेन फिल्मको व्यानरमा निर्माण हुन लागेको आउँदो चैत २८ लाई रिलिज डेट तोकिएको यस फिल्मलाई छेतेन गुरुङ र निर्माता सन्तोष सेनले संयुक्त निर्देशन गर्ने छन् । चलचित्रमा प्रदिप क्रिस्टिनाका अलवा शिव श्रेष्ठ, मनिष राउत, सुनिल थापा, अनुभव रेग्मी लगायतका कलाकारहरुको पनि अभिनय रहनेछ ।
यसअघि निर्माता सेनको होम पोडक्सनबाट निर्माण भएका प्रेमगीत, प्रेमगीत–२, चंखे संखे पंखे हिट भैसकेका छन् ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
