भद्रगोलका बले र दाह्री बाको मन छुने म्युजिक भिडियो बजारमा

काठमाडौं । गायक नारायण थापाको स्वरमा रहेको यथार्थ परक ‘आजकालका मुना मदन’ बोलको गीतको भिडियोले चर्चा कमाई रहेको छ ।

बेरोजगारीको समस्याले परदेशीनु पर्ने नेपाली युवाको बाध्यता अनि त्यही बाध्यताको कारण अभिभावकले भोग्ने पीडाको साथमा श्रीमतीहरु अर्काको अंगालोमा पुग्ने गरेका वास्तविकता समेटिएको उक्त गीतको मार्मिक भिडियोले दर्शकको ध्यान तान्न सफल भएको हो।

Advertisement

पाका गीतकार कालि प्रसाद रिजालले लेखेको गीतमा शिखर सन्तोषले संगीत गरेका छन् भने फणिन्द्र राईले एरेञ्ज गरेको ट्रयाकमा नारायण थापाले स्वर दिएका छन् ।

आभुषण ईन्टरटेनमेन्टले अडियो भिडियो व्यवस्थापन गरेको यस भिडियोमा भद्रगाेलका चचिर्त कलाकार सागर लम्साल (बले) मेरी बास्सैका सुरविर पण्डित (दाह्री बा) बेनिशा हमाल, लोमस पौडेल, मनोज ओली, पवित्रा घले गुरुङ, सुस्मिता अधिकारी, सुस्मिता बुढाथोकी र लोक मिश्रको अभिनय देख्न सकिन्छ ।

उत्सव दाहालको छायाँकनमा युवराज वाईबाले निर्देशन गरेको भिडियोको सम्पादन विकाश दाहालले गरेका छन्।

बाँकी यो भिडियोमा हेर्नुहोस् :

More News last news
Loading...