काठमाडौंको सोह्रखुट्टेमा अप्रत्यासित रुपमा भेटिए ‘सञ्जु बाबा’ उर्फ सञ्जिव क्षेत्री । हामी रिपोर्टिङका लागि सोह्रखुट्टे गएका थियौं । हामीले सडकमा रहेका एक दम्पतिको स्टोरी गरिरहँदा आडैमा आएर बसे सञ्जु बाबा । अनि अनकनाउँदै कुरा गर्न खोजे हामीसँग । हामीले उनीबारे सोधपुछ गर्न थाल्यौं ।
कुराकानीका क्रममा उनले आफू एचआईभी पोजेटिभबाट ग्रस्त रहेको सुनाएपछि हामीलाई उनीबारे थप जान्ने हुटहुटी भयो । त्यसपछि सडकभन्दा थोरै पर भीडभाड नरहेको ठाउँमा लगेर उनीसँग कुराकानी गर्यौं। कुराकानीका क्रममा उनले आफू पछिल्लो १९ वर्षदेखि एचआईभी पोजेटिभबाट ग्रस्त रहेको बताए।
ईलामका स्थायी बासिन्दा सञ्जिवले अंग्रेजी विषयमा ब्याचलर पास गरेका छन्। उनले काठमाडौंको बागबजारमा रहेको ग्यालेक्सी स्कुलमा पढाउँथे कुनै समय। तर, खराब संगतका कारण उनलाई एचआईभी लाग्यो। अहिले सडकमै बित्छ उनको दिनरात। उनलाई सुध्रिने मन छ। राम्रो वातावरण र सहयोगको खोजिमा छन् उनी।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
