गलबन्दीको संगीत चोरिएको प्रमाणित भएपछि गले प्रकाश सपूत, भयो यस्तो सम्झौता

काठमाडौं । अब गलबन्दी च्यातियो बोलको गीतको संगित सर्जकमा शम्भु राईको नाम आउने भएको छ । प्रकाश सपुतले संगित चोरिएको स्वीकार्दै सर्जकमा शम्भु राईको नाम राख्ने सहमतिमा हस्ताक्षर गरेका छन्।

लय र भाका चोरेको भन्दै गायकद्वय शम्भु राई र प्रकाश सपूतबीचको विवाद संसदसम्म पुगेको थियो । गायक शम्भु राई र प्रकाश सपुतले बुधबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै सहमति भएको जानकारी दिएका छन् ।

Advertisement

गलबन्दी च्यातियो बोलेको गीतको संगित सृजनामा शम्भु राई सर्जकका रुपमा उल्लेख हुने भएका छन् । पुनः संगित सृजनामा प्रकाश सपूत हुनेगरी युट्युवमा समेत सच्याउने सहमति भएको छ । दुवैले भविष्यमा विवाद नगर्ने गरी बुधबार सहमति गरेका हुन् ।

More News last news
Loading...