काठमाडौँ । सरकारले वैदेशिक रोजगारीका क्रममा अस्पतालमा रहेका नेपालीलाई स्वदेश फर्काउन तयारी थालेको छ।
गम्भीर चोटपटक लागेर अस्पतालको कोमामा रहेका २८ जना नेपालीलाई स्वदेश ल्याएर उपचार गराउने सरकारले निर्णय गरेको हो। वैदेशिक रोजगार बोर्डले करार अवधिभित्र दुर्घटनामा परी गम्भीर चोटपटकका कारण कोमामा उपचाररत तथा पक्षधातबाट हिँडडूल गर्न नसक्ने अवस्थामा दक्षिण कोरिया, साउदी, कतार, कुवेत, यूएईलगायत देशका कोमामा रहेका नेपालीलाई स्वदेशमा ल्याएर उपचार गर्ने निर्णय गरेको स्रोतले जनाएको छ।
यसका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत सम्बद्ध महाशाखा प्रमुखको संयोजकत्वमा स्वास्थ्य मन्त्रालय, अर्थ मन्त्रालय, परराष्ट्र मन्त्रालय, कानुन मन्त्रालय, सम्बद्ध क्षेत्रका अनुभवी चिकित्सकहरु, वैदेशिक रोजगार व्यवसायी संघ र ट्रेड युनियकका तर्फबाट सदस्य रहने गरी तथा वैदेशिक रोजगार बोर्ड सचिवालयका तर्फबाट सदस्य सचिव रहने गरी कार्यदल गठन गर्ने निर्णय भएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
