करिश्माले यसकारण छाडिन् बाबुरामपथ, भन्छिन् ‘सत्तारुढ नेकपामा जानसक्छु’ (भिडियो)

काठमाडौं । चर्चित अभिनेत्री करिश्मा मानन्धरले आफूँले बाबुराम भट्टराईको साथ छोड्नुको कारण खुलाएकी छिन् ।

अब उनले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गर्ने संकेत दिएकी छिन् । प्राईम टाईम्स टेलिभिजनको कार्यक्रम ‘जनता जान्न चाहन्छन्’ मा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले अब आफूले ओली र प्रचण्डलाई रोज्ने बताएकी हुन् ।

Advertisement

पत्रकार धमलाले करिश्मा मानन्धर पपुलर नाम हो । आज तपाई राजनीतिमा कहाँ हुनुहुन्छ ? भनेर सोधेको प्रश्नमा उनले भनिन्,‘ राजनीतिमा कहिलेपनि प्रेडिक्टेवल हुँदैन । कतिवेला मान्छे कहाँ हुन्छ ?”

उनले आफूलाई अहिलेपनि बाबुराम भट्टराई मनपर्ने नेता भएको सुनाईन्। तर, आफू भट्टराईको पछि नलागेको पनि उनले दाबी गरिन्। उनले भनिन्, ‘म त विचार र पार्टीको पछि लागेकी हुँ।”

More News last news
Loading...