शोकाकुल श्रेष्ठ परिवारद्धारा स्व. आमाको १३ औं दिनको पुण्यतिथिमा श्रद्धाञ्जली कार्यक्रम

ललितपुर । पत्रकार तथा सामाजिक अगुवा सागर श्रेष्ठकी ममतामयी आमा ललिमाया श्रेष्ठको निधन भएको १३ औं दिनको पुण्यतिथिमा भोलि श्रद्धाञ्जली कार्यक्रमको आयोजना गरिएको छ।

शोकाकुल परिवारजनले आमाको सम्झनामा भोलि दिउँसो २ बजे ललितपुरको महालक्ष्मी नगरपालिका, ५ टिकाथलीस्थित सोफा कारखाना नजिक (तरकारी खेतीको दक्षिणपट्टि) घरमा उक्त कार्यक्रम आयोजना गरिन लागेको छ।

Advertisement

लामो समयदेखि सामाजिक अभियान तथा पत्रकारितामा सक्रिय श्रेष्ठको पीडामा सान्त्वना दिन कम्युनिस्ट आन्दोलनका अग्रज नेताहरुदेखि सामाजिक अभियन्ता, पत्रकार, कलाकार र विभिन्न पार्टीका नेता कार्यकर्ताहरु सहभागि बनेका छन्। श्रेष्ठका पाँच दाजुभाई रहेका छन्।

आमाको उपचारको क्रममा ८६ वर्षको उमेरमा जेठ २६ गते बिहान २ बजे निधन भएको थियो।

थप जानकारीका लागि तलको तालिका  हेर्नुहोस्

 

More News last news
Loading...