काठमाडौँ । नेपालको पहिलो भू-उपग्रह ‘नेपाली–स्याट–१’ अन्तरिक्षको परिक्रमा लगाउन सुरु गरेको छ।
दुई महिनासम्म अन्तर्राष्ट्रिय स्पेश स्टेसन (आईएसएस) मा रहेको भू–उपग्रहलाई सोमबार अपरान्ह ४ बजे ‘स्पेश’मा ‘डिप्लोइमेन्ट’ गरिएको हो।
नेपाल सहित श्रीलंकाको रावना–१ र जापानको उगिसू भू–उपग्रह अन्तरक्षिमा सँगै छाडिएको छ।
यो स्याटलाइट पृथ्वीको तल्लो अन्तरिक्ष कक्षलाई परिक्रमा गरिरहेको छ। स्याटलाइटलाई ४२० किलोमिटरको रेन्जमा डिप्लोइमेन्ट गरिएको हो।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
