लोकगीतमा नयाँ स्वाद, युटुबमा ‘भिजिटर’ को ओईरो

गोबिन्द मरासिनी/ काठमाडौं । पछिल्लो समय नेपाली लोकगीत संगितले राम्रो फड्को मारेको छ । लोकगीत संगीतका हस्तिहरु यतिवेला कसरी हुन्छ लोकप्रिय र टिपिकल शब्दहरु राखेर गीतको श्रृजना गर्नमा हौसिएका छन् । केहि समय अगाडी लोकगीतमा छाएको व्यापक बिकृती नेपाली समाजमा पच्दैन्, टिपिकल नेपाली शब्दहरुको चयन गरेर गीतको श्रृजना गर्‍यो  भने दर्शकले रुचाउँछन् भन्ने सर्जकहरुले बुझेपछि अहिले लोकगीतमा नयाँ स्वाद चाख्न पाईएको छ ।

यो नयाँ स्वादलाई दर्शकहरुले समेत रुचाएपछि कलाकार तथा सर्जकहरु झनै हौसिएका छन् र एकपछि अर्को लोकप्रिय लोकगीतको सिर्जना गरिरहेका छन् । केहि समय अघि बजारमा आएका थोरै गीतले मात्र युटुबमा राम्रो लोकप्रियता कमाउथे तर अहिले अलिकति मेहनत गरेर गीत र भिडियोलाई उत्कृष्ट बनाउन सकेको खण्डमा आम श्रोताको माया पाउन त्यती कठिन छैन् । गीत संगीतको लागि सर्जकहरुको मुख्य कमाई भनेको युटुब भिजिटर नै हो भन्दा पनि फरक नपर्ला । युटुबमा प्रशस्त भिजिर पाउँदा र आफूले मेहनत गरेको सिर्जनाले लोकप्रियता कमाउँदा कलाकारलाई खुसी नलागोस पनि कसरी ? 

Advertisement

केहि समय अगाडी सार्बजनिक भएको कुलेन्द्र विश्वकर्मा र विष्णु माझीको स्वरमा रहेको ‘सालको पातको टपरी हुने नहुने सल्लैको’ ले नेपाली लोकगीत संगीतमा राम्रै हलचल मात्र मच्चाएन्, लोकगीत संगितप्रति राम्रो छाप समेत छाड्न सफल भयो । कुलेन्द्र विश्वकर्मा, वसन्त थापा र मरिष्का पोख्रेलको अभिनय रहेको यो गीतले दर्शकको मन जित्दै युटुबमा ४ करोड ५८ लाख ओभर भ्युअर  पाइसकेको छ । अहिले बिहेभोज, पार्टीमा यहि गीत घन्कने गर्दछ । सधैभरी हिन्दी अंग्रेजी गीतमा मस्त हुने युवा पुस्तामा समेत लोकगीतमा पछिल्लो असमय आएको नयाँ स्वादले तानेको छ त्यही भएर त युवा पुस्ताहरु पनि त्यसतर्फ आकर्षित भएका छन् । सालको पातको टपरी त्यस्तै किसिमका गीतहरु एकपछि अर्को गीतहरु बजारमा आउनेक्रम बढ्न थाल्यो ।

शिब हमालको लय तथा शब्द रहेको सन्दिप न्यौपाने र बिष्णु माझीको स्वर रहेको ‘लालुमै’ ले पनि दर्शकको मन जित्न सफल भयो । सालको पातको टपरीले लोकगीत पनि कतिहदसम्म लोकप्रिय हुन्छन् भन्ने दर्शायो । त्यसैले शिव हमालको लालुमै गीतले पनि युटुबमा १ करोड ७८ लाख भन्दा वढी भ्यूअर पाइसकेको छ । उक्त गीतमा सन्दिप न्यौपानेसँग मोडल तथा नायिका सृष्टि खड्काको अभिनय पनि लोभलाग्दो छ ।

यसपछि सालको पातको टपरी र लालुमै ले लोकगीत संगितमा ब्यापक चर्चा कमाएपछि यस्तै ‘प्याटन’ मा गीत निकाल्ने होडवाजी नै चल्यो अर्थात् कलाकारले बल्ल दर्शकको रोजाई बुझ्न थाले त्यसपछि लोकगीतमा राम्रा र चल्ने गीतहरु निकाल्ने परम्पराको बिकास भयो । हुन त पहिला–पहिला बजारमा आएका गीतहरु पनि नचलेका भने होईनन् तर छोटो समयमा नै गीतले सर्वाधिक लोकप्रियता कमाउँदा कलाकारमा पनि हौसला प्रदान भने अवश्य पनि भएकै हो । हमालले लालुमैपछि बजारमा ल्याएको ‘साँईलो’ बोलको गीतले पनि चर्चा बटुलीरहेको छ ।

तेजश रेग्मी र बिष्णु माझीकै स्वर रहेको ‘पिडालु खुर्केर काट’ भन्ने गीत पनि यतिवेला लोकसांगीतिक बजारमा चर्चामा रहेको छ । कुलेन्द्र विश्वकर्मा, तेजश रेग्मी र भद्रगोल टेलिश्रृखंलाबाट अत्याधिक चर्चा कमाएकी रक्षा श्रेष्ठको अभिनय रहेको टिपिकल शब्दहरु प्रयोग गरिएको ‘पिडालु’ ले पनि सार्वजनिक भएको छोटो समयमै ५३ लाख वढी भ्युअर पाएको छ । सालको पातको टपरीले अत्याधिक लोकप्रिय भएपछि उक्त गीतबाट हौसिएका गायक वसन्त थापाले ‘जाम सुस्तै’ नामको गीत बजारमा ल्याए । सालको पातको टपरीले जस्तो लोकप्रियता कमाउन नसकेपनि यस गीतले पनि राम्रै सफलता हात पार्‍यो । जुना श्रीस, वसन्त थापा र रबि कार्कीको स्बर रहेको यस गीतमा बसन्त थापा र मोडल जवानी बस्नेतले अभिनय गरेका छन् । यस गीतले पनि युटुबमा ४१ लाख वढी दर्शक श्रोताले युटुबमा हेरिसकेका छन् । 

शिव हमालको शब्द तथा संगित रहेको कुलेन्द्र विश्वकर्मा र सरिता कार्कीको स्वर रहेको ‘लाउँछ माया’ नामक गीतले पनि राम्रै लोकप्रियता बटुल्न सफल भएको छ । महेन्द्र गौतम र सुरक्षा पन्तको अभिनय रहेको यस गीतले पनि हालसम्म युटुबमा करिब ४१ लाख भिजिटर पाइसकेको छ । गोरखा चौतारी म्युजिक कम्पनीले बजारमा ल्याएको राजन कार्की र मेलिना राईको ‘पान खायो मायाले चुना हालेर’ बोलको गीतले पनि चर्चा कमायो । पछिल्लो समय बिभिन्न महोत्सव तथा रोधीघरमा यो गीतले राम्रो चर्चा कमायो । शंकर बिसी र अञ्जली अधिकारीको अभिनय रहेको यस गीतले पनि २८ लाख ओभर भ्युअर पाईसकेको छ । 

यसैगरी दिनेश क्षेत्री र बिष्णु माझीको ‘केसरी’ बोलको गीतले पनि चर्चा कमाईरहेको छ । गायक तथा मोडल रामजी खाँण र अनु पराजुलीको अभिनय रहेको केसरीले पनि युटुबमा करिब ३० लाख भ्युअर पाइसकेको छ । तेजश रेग्मी र रिना केसीको ‘कहाँ गयो भंगेरी चरी’ पनि दर्शक श्रोताले मन पराएको अर्को लोकगीत हो । तेजश रेग्मीको शब्द रहेको गीतमा रेग्मी सहित सतिस अधिकारी, पुजन घिमिरे र संगम शर्माको अभिनय रहेको छ । यस गीत पनि पछिल्लो समय दोहोरी साँझ र बिभिन्न वैवाहिक उत्सवहरुमा धन्किने गर्दछ । यो गीतले पनि युटुबमा लोकप्रियता जमाउने क्रममा करिब २८ लाख  दर्शकको माया पाएको छ ।

अहिले सर्वत्र चर्चामा रहेको सबैको मन जितेको मौलिक परम्परागत शैलीको ‘गलबन्दी च्यातियो तिम्ले तानेर’ गीतले त झनै लोकसंगीत बजारमा सोचेभन्दा वढी चर्चा पाएको छ । अत्याधिक चर्चित गीतको संकलन गरेको ‘बोल माया’ टिमले बजारमा ल्याएको गलबन्दीले १ करोड २७ लाख ओभर भ्यूअर पाउँदै चर्चाको शिखरमा रहेको छ । प्रकाश सपुत र शान्ति श्री परियारको स्वर रहेको गीतमा अञ्जली अधिकारी स्वंम प्रकाश सपुतले अभिनय गरेका छन् । यसअघि सपुतको बोलमायाले अत्याधिक चर्चा पाएपनि अलिकति फरक शैलीमा प्रिती आलेसँग गाएको दोहोरी ब्याटलले पनि चर्चा कमाएको थियो ।

लोकगीत संगीतमा जमेका कलाकारका रुपमा परिचित एकनारायण भण्डारीको पछिल्लो गीत ‘छिपछिपे पानीमा लेउ’ ले पनि दर्शकको माया पाईरहेको छ । बिष्णु माझी र पिताम्बर जिसीको स्बर रहेको छिपछिपे पानीमा लेउ ले पनि करिब २७ लाख भ्यूअर पाउँदै दर्शकको मन जित्ने क्रममा छ । लोकगीतमा आएको नया ट्रेण्डलाई चर्चित लोक तथा दोहोरी गायक पशुपति शर्मा र गायिका सम्झना भण्डारीले पनि निरन्तरा दिने प्रयास गरे । गायिका भण्डारी र गायक सेञ्चुरीको ‘औठी बेरुवाको’ ले पनि दर्शकको मायाले युटुबमा २३ लाख वढी भ्युअर पाएको छ ।

‘लुट्न सके लुट’ बाट राष्ट्रिय मात्र होईन् अन्तर्राष्ट्रिय स्तरमै लोकप्रिय बनेका गायक पशुपति शर्माले गायिका भण्डारीको ‘क्यार्न माया मारिचौं’ ले पनि छोटो समयमै चर्चाको शिखरमा पुगेको छ । शर्माको लय तथा स्वयंम शर्मा र भण्डारीको अभिनय रहेको यस गीतले पनि दर्शकको माया पाउने क्रम बढ्दो छ । त्यसैले त युटुबमा करिब २१ लाख दर्शकको माया पाएको छ । बिबि गुरुङ र बिष्णु माझीको स्वर रहेको ‘फुल जस्तै’ ले पनि दर्शकको माया पाउने क्रम जारी छ । यो गीतले हालसम्म युटुबमा १६ लाख ओभर ध्युअर पाईसकेको छ ।

यी सँगै हरि सुनारको ‘झमझम पानी परेको रात’, बिष्णुमाया गुरुङको ‘सल्ला धुपैले’, पुरुषोत्तम गैह्रेको ‘मयालु’, चन्द्र लम्साल र कला लम्सालको ‘भेटियो धन्न’, लगायतका गीतहरु पनि चर्चाको शिखरमा रहेका गीतहरु हुन् । (समाचार तय पार्दासम्मको युटुबको भिजिटरको संख्या उल्लेख गरिएको छ।)

More News last news
Loading...