काठमाडौँ । अभिनेता तथा निर्माता भुवन केसी र नायिका रिमा विश्वकर्मा बेहुला बेहुली बनेको तस्वीर सार्वजनिक भएको छ। यो तस्वीर वास्तविक जीवनको विवाहको नभई एक चलचित्रको सिनको दृष्य हो।
यतिबेला निर्माण भइरहेको चलचित्र ‘मिस्टर नेपाली’ का लागि भुवन र रिमाले नवलपरासीमा विवाहको दृश्यको सिन दिएका हुन्। प्रेमराज दाहालको लगानीमा निर्माण हुन लागेको यस चलचित्रमा देव नारायण भुषालको लेखन तथा निर्देशन रहेको छ भने चलचित्रमा विष्णु सापकोटा, सुरेन्द्र केसी, कमलमणी नेपाल, राजेन्द्र गिरी, अर्जुन खत्री, सन्तोष लामा, नन्दु श्रीवास्तवको मुख्य भूमिका रहेको छ।
चलचित्रमा हिमाल केसीको एक्सन, सुभाष भुषाल र दिपक शर्माको संगीत, कविराज गहतराजको नृत्य निर्देशन रहेको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
