पेट्रोलको मूल्य घट्यो, मट्टिलेल र एलपी ग्याँसको यथावत

काठमाडौँ । आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेको जनाउँदै निगमले बुधबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलमा प्रतिलिटर एक रुपैयाँ मूल्य घटाएको हो।

‘भारतीय आयल निगम (आईओसी) ले पठाएको नयाँ मूल्य सूची अनुसार पेट्रोलमा १ रुपैयाँ घटेको छ,’ निगमले जनाएको छ, ‘नयाँ मूल्य बुधबार राति १२ बजेदेखि लागू हुनेछ।’

Advertisement

मूल्य समायोजन पश्चात् पेट्रोलको खुद्रा बिक्री मूल्य १ सय १० रुपैयाँ भएको छ भने डिजेल, मट्टितेल, हवाई इन्धन र खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत् रहेको छ।

More News last news
Loading...